सुटिङ सेटमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु, ९ घाइते

बिहिबार, ८ फाल्गुन २०७६

एजेन्सी– बलिउड अभिनेता कमल हसनको फिल्म ‘इण्डियन टु’ को सेटमा क्रेन दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

बुधबार भएको उक्त दुर्घटनामा ९ जना घाइते भएका छन् । अभिनेता हसन भने सकुशल छन् । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

नजरतपटस्थित एउटा निजी स्टुडियोमा सुटिङ भइरहेका बेला उक्त दुर्घटना भएको हो । प्रहरीले घटनाका बारेमा विस्तृत जानकारी दिएको छैन ।

तमिल भाषामा निर्माणाधीन एक्सन थ्रिलर उक्त फिल्मको निर्देशन एस शंकरले गरिरहेका छन् । यो १९९६ मा निर्माण भएको फिल्म ‘इण्डियन’ को सिक्वेल हो । फिल्ममा कमल हसन र काजल अग्रवालको मुख्य भूमिका रहेको छ ।