प्रेरक प्रसंग : पण्डितको सुद्धिकरण

बिहिबार, ८ फाल्गुन २०७६

काठमाडौं– एकपटक एउटा गाउँको पशुहरुमा बिमारी फैलिएछ । पशुहरु कराईकराई , चिच्याई–चिच्याई मर्थे । यस्तो देखेर त्यो गाउँका मान्छेहरु औषघि । खोज्न जताततै पुगे । कसैले उनीहरुलाई भन्यो–‘‘ठूलो आगो बालेर पन्यु तताऊ । पन्यु तातेर निकै रातो भएपछि पशुको पछाडि , ढाडमा र गर्दनमा दुवैतिर डाम्देऊ । यसो गर्‍यो भने पशु मदैन ।’’ ती गाउँलेहरुले त्यसै गर्न थाले ।

केही दिनपछि त्यो गाउँमा एकजना सोझा पण्डित घुम्दै पुगे । राति एक जना मान्छेको घरमा बास मागेर बसे । बिहान चारबजे उठेर पण्डितजीले ठुलो आवाजमा सामवेदको पाठ गर्नथाले । गाउँलेहरुले पण्डित चिच्याएको सुनेर यिनलाई पनि त्यही पशुलाई लागेको रोग लागेछ भन्ने सोचे । उनीहरुले आपनो बच्चाहरुसँग भने– “जाऊ, छिट्टो कोयला र पन्यु लेऊ त ।” बच्चाहरुले लेराइदिए । उनीहरुले त्यहँी आगो बालेर पन्यु रातो हुनेगरी तताए । ती पण्डितलाई यो सबै कुराको अतोपतो थिएन । उनी आनन्दले वेदपाठ गरिरेको थिए । जब पन्यु तातो भयो, गाउँलेहरु
उनलाई बााध्न आए । आफुलाई बाँध्न लागेको देखेर पण्डितजीले सोधे– “किन मलाई बाँध्न लागेको ?”

उनीहरुले भने– “तपाईको उपचार गर्न ।” पण्डितले सोधे– “म बिरामी छु र ?” उनीहरुमध्येको एकजनाले सोध्यो– “ बिरामी हैन भने किन चिच्याउनु भएको त ?”

पण्डितले भने– “म त वेद पाठ गरिरहेको हो ।
त्यो मान्छेले भन्यो –“यस्तो त पशुले गथे र ती सब मरे ।” पण्डितले भने – “ म मर्दिन मलाई छोडिदेऊ ।’’
उनीहरुले भने– “ए यो मान्छे त बिरामी भएर बरबराउन थाल्यो, छिटो डाम यो पण्डितलाई नत्र यो मर्छ ।”

आखिरमा तिनीहरुले पण्डितलाई डामेरै छोडे पुटठामा, ढाडमा र गर्दनमा डामेर उनीहरुले सोधे ’’अब त ठीक भयो नि तपाईलाई ?“ उता पण्डित छटपटाइरहेको थिए । उनले टाउकोमा हात लगेर आफैलाई धिक्कादै मनमनै भने, हेर कुन बुद्धि बिग्रेर यो गाउँमा आइपुगेछु । तर ती गाउँलेले निधारमा पनि डाम्देऊ भनेका होलान्, भन्ने सोचेर डामीदिए र सोधे– ’’अब त ठीक भयो ?“ पण्डितले सोचे, यी मुर्खलाई केही भनम्, केही गरम्, भने फेरि डाम्दिन्छन्, । भो बोल्दिन ।

पण्डित चुपलागेपछि गाउँलेले सोचे, बल्ल पण्डितलाई ठीक भएछ ।