मन्दिरको मुख्य शिलाबाट निस्कियो पसिना
काठमाडौं–दोलखास्थित भिमेश्वरको शिलामा पसिना निस्किएको छ । आज बिहान ६ बजेर २८ मिनेटमा भिमेश्वर मन्दिरको मुख्य शिलामा पसिना देखिएको स्थानीयले बताएका छन् ।
भिमेश्वरको मुर्तिमा पसिना आउनुलाई देशमा अनिष्ट हुने संकेतका रुपमा लिइने गरेको छ । यस अघि २००७, २०४६, सालको राजनीतिक परिवर्तन, २०६२,६३ को जनआान्दोलन, दरबार हत्याकाण्ड, १९९० सालको महाभूकम्प, २०७२ को महाभूकम्प लगायत अनिष्ट हुनु अघि पनि यो शिलाबाट पसिना आएको त्यहाँका पुजारीहरुले बताएका छन् ।
मुर्तिको रङ्ग खैरोबाट एक्कासी कालो भई पसिनाका थोपाहरु र्झन थालेपछि स्थनीयवासी र पुजारीले बाजागाजा सहित पूजापाठ गरिरहेका छन् ।