गोकुल बाँस्कोटालाई बर्खास्त गरेर पुग्दैन:कांग्रेस
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ७० करोड कमिसन मागेको घटनामा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएर मात्र नपुग्ने बताएको छ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा कांग्रेस सचेतक पुष्पा भुसालले बाँस्कोटाले राजीनामा दिएपछि उनलाई भ्रष्टाचारको कानुनी दायरामा ल्याएर कारबाहीसमेत अघि बढ्नुपर्ने बताइन् । प्रधानमन्त्री केपी ओलीले ललिता निवास जग्गा प्रकरणमा जग्गा फिर्ता गर्दा कारबाही हुँदैन भनेको स्मरण गर्दै सचेतक भुसालले बाँस्कोटाले राजीनामा दिएका कारण कारवाही हुँदैन भन्न नपाइने बताइन् । “यो विषयमा निष्पक्ष कानुनी दायरामा ल्याउने प्रतिबद्धता प्रधानमन्त्रीले दिनुपर्छ । एउटा सञ्चारमन्त्रीले भ्रष्टाचार गरेको विषय मात्र बनाएर प्रतिपक्षी दल चुप लागेर बस्ने अवस्था छैन,” उनले भनिन् ,“भ्रष्टाचारसँग जोडिएको यो विषयमा प्रधानमन्त्रीले सदनलाई जानकारी गराउन पनि कांग्रेस माग गर्दछ ।”
उनले सेक्युरिटी प्रेसको विषय समय समयमा मन्त्रिपरिषद्मा समेत विवाद भएको भन्दै उनले ७० करोड कमिसन मागेको प्रमाण बाहिर आइसकेकाले तत्काल बर्खास्त गर्न पनि माग गरिन् । । मन्त्रिमण्डल र प्रधानमन्त्रीले यसको जिम्मेवारी लिनुपर्ने उनको भनाई थियो ।मन्त्री बाँस्कोटालाई बर्खास्त नगरेसम्म संसद चल्न नसक्ने कांग्रेसको अडानपछि संसद बैठक स्थगन भएको छ ।बर्खास्त गरेरमात्रै यो विषयले बिश्राम लिँदैन सभामुख महोदय । यो भ्रष्टाचारको मुद्दा क्याविनेटको मुद्दा बनिसकेको छ । किन भने यो विषयमा पटक–पटक मन्त्रिपरिषद्मा पनि उठान भइसकेको कुरा बाहिर आइसकेको विषय बस्तु हो । यो विषय सञ्चार मन्त्रीले भ्रष्टाचार गरेको विषयमा मात्रै सिमित गरेर बर्खास्तसँग मात्रै सिमित गरेर प्रमुख प्रतिपक्षी दल चुप लागेर बस्नेवाला छैन । यो भ्रष्टाचारको विषयमा सम्माननीय प्रधानमन्त्रीज्यूले सदनमा आएर सत्यतथ्यका बारेमा जवाफ दिन प्रमुख प्रतिपक्षी दल माग गर्दछ । प्रधानमन्त्रीज्यूले जग्गा अतिक्रमणमा जमिन फिर्ता गर्नेलाई कारबाही हुदैन भनेजस्तै यसमा पनि राजीनामा दिए कारबाही हुदैन भन्न पाउनुहुन्न । हामी प्रतिपक्षी यो विषयमा अत्यन्त गम्भीर छौं । यो विषयमा निष्पक्ष, तटस्थ कानुनी कारबाहीको दायराभित्र छानविन र कानुनी कारबाहीको दायराभित्र ल्याउँछु भन्ने प्रतिवद्धता प्रधानमन्त्रीज्यूले यही सदनभित्र आएर दिन प्रम्ुख प्रतिपक्षी दलको माग दह्रो ढंगबाट छ, सभामुख महोदय,ुु भुसालले भनिन् ।