राजधानीका यी सडकमा भोली सवारी साधन प्रवेश निषेध

बिहिबार, ८ फाल्गुन २०७६

काठमाडौँ- महानगरीय ट्राफिक प्रहरी महाशाखाले राजधानीका केही स्थानमा भोलि सवारी साधन निषेध गरेको छ।शिवरात्रीमा लाग्ने मेलाको कारण गौशालातर्फ जाने १० ओटा रुट अवरुद्ध हुनसक्ने महाशाखाले जनाएको छ।

चावहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुदै गौशालातर्फ, द्धारिका होटलको उत्तर तर्फको शाखा मार्ग, सिफल चौरबाट जय बागेश्वरी तर्फ, लामापोखरी कुटुवहालबाट मित्रपार्कतर्फ, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्कतर्फ, तिलगंगाबाट गौशालातर्फ, तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ र जोरपाटी नारायणटारबाट कोरिडोरको बाटो हुँदै आउने मालवाहक सवारी साधनहरु गौरीघाटतर्फ निषेध गरिने महाशाखाले बताएको छ।महाशाखाकाअनुसार रिङरोडमा सधैंझै सवारी चल्ने छ।