सन्दिपले गरे धुर्मुस–सुन्तली फाउण्डेसनलाई सहयोग
काठमाडौं– ओमान र अमेरिकाबीच भर्खरै सम्पन्न भएको त्रिपक्षीय खेलमा सन्दिप लामिछानेले आफुले लिने प्रत्येक विकेट वराबर रु ८८४८ को दरले निर्माणाधिं गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालाको लागी सहयोग गर्ने घोषणा गरेका थिए ।
नेपालमा बन्दै गरेको पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई धुर्मुस–सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको छ । आफुले लिएका प्रतिविकेटको दरले सन्दिपले ७०,००० बढी रकम धुर्मुस–सुन्तली फाउण्डेसनलाई बुझेका छन् । उनको म्यानेजमेन्ट कम्पनिले पनि सोहि बराबरको रकम फाउण्डेसनलाई हस्तान्तरण गरेको छ ।
रकम हस्तान्तरण पछि सन्दिपले भने, ‘हाम्रो र हामि जस्तै खेलाडीका लागि उहाहरुले यस्तो महान कार्य गरिरहनु भएको छ । विश्वभर चर्चारहेको विश्वको सर्वोच्च शिखर बराबरको प्रति विकेट रकम दिने घोषणा मैले गरको थिए । सोहि बाचा आज पुरा गर्न पाउदा निकै खुशी लागेको छ ।
धुर्मुस –सुन्तलीको निर्माण र अभिनयमा रहेको चलचित्र ‘सेन्टिभाइरस’ आज बाट रिलिज भएको छ । धुर्मुसले सन्दिप सहित राष्ट्रिय टोलिलिई चलचित्र हेर्ने निम्ता पठाएका छन् ।