फ्राईडे रिलिजमा एकसाथ आयो ‘सेन्टी भाइरस’ र आमा कसले बाजी मार्ला ?

शुक्रबार, ९ फाल्गुन २०७६

काठमाडौँ- फ्राईडे रिलिज परम्परालाई धान्दै आजबाट दुई नेपाली चलचित्र ‘सेन्टी भाइरस’ र आमाु एकसाथ प्रदर्शनमा आएको छ । चलचित्र ‘सेन्टी भाइरस’ कलाकार सिताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली) द्वारा अभिनित चलचित्र हो भने चलचित्र आमाु कलाकार सुरक्षा पन्त र मिथिला शर्माद्वारा अभिनित चलचित्र हो ।

चलचित्र ‘सेन्टी भाइरस’ मा राजनितिक र पारिवारीक विषयबस्तु समेटिएर बनाईएको छ भने चलचित्र आमा आमाको महत्व तथा सामाजिक विषयबस्तु समेटिएर बनाइएको छ । एकसाथ प्रदर्शनमा आएको यी दुई चलचित्र मध्ये कुन चलचित्रले बाजी मार्ने हो त्यो त दर्शकको हातमा छ ।

‘सेन्टी भाइरस’ र आमाु
चलचित्र सेन्टी भाइरस’

चलचित्र ‘सेन्टी भाइरस’ ‘सुविहानी फिल्मस्’को व्यानारमा (धुर्मुससुन्तली) ले निर्माण गरेको चलचित्रलाई रामबाबु गुरुङले निर्देशन गरेका हुन् ।

चलचित्रमा सिताराम कटेल र कुञ्जना घिमिरे (धुर्मुस(सुन्तली) को साथै विल्सन बिक्रम राई, दयाहाङ राई, बुद्धि तामाङ, राजाराम पौडेल, सन्दिप क्षेत्री र कमलमणि नेपाल लगायत कलाकारको अभिनय रहेको छ ।

कुमार कट्टेल र दिपक आचार्यको लेखन रहेको ‘सेन्टी भाइरस’ लाई डिन्डु लामा ह्याल्मोले निर्माण गरेका हुन् भने शेलेन्द्र डि। कार्कीले छायाँङ्कन गरेका हुन् । यस चलचित्रको ५० प्रतिशत भरतपुरको चितवनमा निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला खर्चिने बताईएको छ ।

चलचित्र आमा

चलचित्र आमा निर्देशक दिपेन्द्र के खनालको कथा, पटकथा तथा निर्देशनमा तयार गरिएको चलचित्र हो । यो चलचित्र नेपालकै पहिलो चलचित्र ‘आमा’को नाम सापटी लिएर निर्माण गरिएको हो ।आमाको महत्व र मायालाई दर्साइएको यस चलचित्रमा आमाको भूमिका मिथिला शर्माले निभाएकी छिन् भने छोरीको भूमिका नायिका सुरक्षा पन्तले निभाएकी छिन् । चलचित्रमा मिथिला र सुरक्षासँगै देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढा लगायतका कलाकारको अभिनय रहेको छ । डिएस डिजिटलको व्यानरमा निर्मित सिनेमामा सुभाष भुसालको संगीत, दीर्घ खड्काको सम्पादन र शर्मिला पाण्डेको लगानी छ।चलचित्र प्रदर्शन आउन एकदिन अघिमात्र यस चलचित्रका निर्माण पक्षले चलचित्र आमाु हेर्न जाँदा आमासँगै गए निःशुल्क चलचित्रलाई हेर्न पाउने भनेर घोषणा समेत गरेका थिए ।