केआईईसीको ‘अस्ट्रेलिया, बेलायत रोड शो’ भोलीदेखि, यस्तो छ तयारी (भिडियोसहित)

शुक्रबार, ९ फाल्गुन २०७६

काठमाडौं – नेपाली विद्यार्थीहरुलाई विदेश अध्ययन लागि सहि परामर्श दिदै आएको केआईईसीले पूर्व पश्चिम ‘रोड शो’ गर्ने भएको छ । KIEC काे ROADSHOWभो अर्थात फागुन१० गतेदेखि सुरु हुदैछ । अस्ट्रेलिया र वेलायत अध्ययन सम्बन्धी विद्यार्थीहरुलाई सहि परामर्श दिनका लागि रोड शोको आयोजना गरिएको हो आयोजकको भनाई छ ।

१० गते पूर्वको वितामोडबाट सुरु हुने रोड शोमा वेलायत र अस्ट्रेलियाका विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरुकाे सहभागिता रहने आयोजकले जनाएको छ । रोड शो १० गते विर्तामोड, ११ गते इटहरी, १२ गते विराटनगर, १३ विरगंज, १४ गते चितवन, १६ गते पोखरा पुगेर समाप्त हुने केआईईसीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजालले बताए ।

केआईईसीको रोड शोमा अस्ट्रेलिया र वेलायतका उत्कृष्ट कलेजका प्रतिनिधिहरुले विद्यार्थीहरुलाई परामर्श दिने छन । आफू नजिकको शहरमा गएर विद्यार्थीले यो रोड शोबाट फाइदा उठाउन सकिने आयोजकले जनाएको छ ।

उक्त रोड शोमा केआईईसीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र रिजाल, श्याम दाहाल र रवि दाहालसमेत सहभागि हुने भएकाले विशेष हुने छ ।