खानेपानीका टेक्निसियन २ लाख घूससहित रङगेहात पक्राउ

शुक्रबार, ९ फाल्गुन २०७६

काठमाडौँ -भेरीगंगा नगरपालिका, सुर्खेतमा कार्यरत खानेपानी तथा सरसफाइ टेक्निसियन २ लाख घूससहित पक्राउ परेका छन् ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले टेक्निसियन चित्रबहादुर केसीलाई पक्राउ गरेको हो ।

केसीले भेरीगंगा नगरपालिका ११ स्थित तल्लो बराहस्थित झोलुङ्गे पुल निर्माण कार्य सम्पन्न पछि भुक्तानीमा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग घूसबापत सो रकम लिएको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

उनलाई भेरीगंगा नगरपालिका १०, मदानीचौरस्थित उन्नति टोलबाट पक्राउ गरिएको कोइरालाले बताए ।