शिवरात्रिकै दिन पशुपतीमा आगलागी

शुक्रबार, ९ फाल्गुन २०७६

काठमाडौ – शिवरात्रिकै दिन पशुपतिनाथमा रहेको एक मन्दीरमा आगलागी भएको छ । पशुपतिनाथ मन्दिरको ठीक पारी रहेको एक मन्दिरमा आगलागी भएको हो ।भारतबाट आएका एकजना साधुले मन्दिरभित्रै मुडा बालेर धुनी जगाएपछि मन्दिरमा आगो सल्केको हो । ढुङेगै ढुङ्गाबाट बनेको सो मन्दिरमा रहेको काठको थाममा आगो सल्किएपछि प्रहरीले आगो नियन्त्रणमा लिएको छ ।प्रहरीको विपद व्यवस्थापनको टोलीले झन्डै आधा घण्टा लगाएर आगो निभाएको थियो ।शिवरात्रिका लागि भारतबाट झन्डै ५ हजार साधु, सन्त पशुपतिनाथको मन्दिरमा आएका छन् ।