शिवरात्रीमा सजाइएका पशुपतिका फूल रातारात गायब

शनिबार, १० फाल्गुन २०७६

काठमाडौं – महाशिवरात्रिलाई विशेष बनाउन लाखौं रकम खर्चिएर सजाइएको पशुपतिनाथको मन्दिरका फूल रातारात गायब भएको छ ।बाँदरबाट समेत जोगिएका फूल रातारात गायब भएपछि पशुपति क्षेत्र विकास कोषका पदाधिकारी चिन्तित भएका छन ।पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालका अनुसार पशुपतिनाथलाई फूलैफूलले सजाउन करिव दुई करोड रुपैयाँ खर्चिएको थियो ।कोषका सदस्य सचिव ढकालले भने ‘बाँदर पुग्ने ठाउँका फूल सुरक्षित छन् तर धर्मका लागि मन्दिर पुगेका मानिस देखादेखि फूल बोकेर जान्छन् ।

मन्दिर पुगेर घर फर्किने उनिहरुको संस्कार कस्तो ।’
सजावटका लागि ल्याइएका फूलहरु थाइल्याण्ड, अष्ट्रेलिया, भारत लगायतका देशबाट ल्याइएको थियो । केही फूल भने भारतले निःशुल्क सहयोग गरेको थियो ।फूल हाक्काहाक्की मानिसहरुले बोकेर हिडेपनि नियन्त्रण गर्न नसकिएको सदस्य सचिव ढकालले बताएका छन् ।धर्म कमाउन आएका मानिसहरु नै मन्दिरको सामान बोकेर हिँडेपछि सामान खोज्न के प्रहरी लगाउँनु, यो त संस्कारको पनि कुरा भयो नी ‘ सदस्य सचिव ढकालले भने ।