योग्य बन

शनिबार, १० फाल्गुन २०७६

काठमाडौँ -दुई जना मान्छेहरु एकजना गुरुकहाँ शिष्य हुन भनेर आए । गुरुले भने– “म तिमीहरु दुवैजनालाई एउटा खेलौेना दिन्छु । तिमीहरुले त्यो खैलौनालाई कोही पनि नभएको ठाउँमा लगेर फुटाएर, भाँचेर लेराऊ । अनि मात्र म तिमीहरुलाई म मेरा शिष्य बनाउँछु ।“

दुवैजना आ आफना खेलौना लिएर त्यसलाई बिगार्न हिँडे । उनीहरुमध्ये एकजना गुरुकै घरको पछाडि गयो, चारैतिर हे¥यो । र कसैलाई नदेखेपछि खेलौना बिगा¥यो र लेराएर राखिदियो । अर्कोचाहीँ खेलौना लिएर सारा संसार भौतारिन थाल्यो । कहिले अग्ला–अग्ला पहाडमा पुग्थ्यो भने कहिले गहिरो समुद«मा तर उसले कोही नभएको ठाउँ भेट्न नै सकेन । उसले त्यो खेलौना त्यतिकै लेराएर गुरुजीको अगाडि राखिदियो ।
गुरुले पहिलो शिष्यलाई सोधे–’’बाबु । तिमीले कहाँ गएर यो खेलोना फटायौ ?“ उसले उतर दियो–
’’गरुजी म त हजुरको कुटीको पछाडि गएँ । त्यहाँ कोही पनि देखिन त्यसैले त्यहाँ यो खेलौनालाई फुटाएँ र हजुरको अगाडि ल्याएँ ।’’
गुरु अको शिष्यपट्रिू पर्किए र सोधे– ’’बाबु । तिमीले साँच्चै कुनै पनि ठाउँ नै भेटेनौ र जहाँ तिमी यो खेलौना फुटाउन सक्थ्यौ ?“
शिष्यले उतर दियो– ’’महाराज । म अग्ला अग्ला पहाड, हिमाल, गहिरो समुद«, अँधेरा गुफहरु, भयानक जङगल, सबै ठाउँमा गएँ । तर मैले कुनै पनि त्यस्तो ठाउँनै भेटिन जहाँ कोही अको नभएको होस् ।’’ उसले ग्रुलाई एउटा श्लोक सुनायो,
एको देवः सर्वभूतेषु गुढः,
सर्बप्यापी सर्वभुतान्तरात्मा ।
’’त्यसैले मैले खेलौना फुटाउन सकिन’’
गुरुले भनै– ’’तिमी मेरो शिष्या बन्न योग्य छौ । अर्काे योग्य छैन ।’’