प्रचण्डले भने गोकुल बाँस्कोटालाई छुट दिने पक्षमा हामी छैनौँ
काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने स्पष्ट पारेका छन् ।शनिबार चितवनमा आयोजित प्राकृतिक चिकित्सालय भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रचण्डले कसैले गल्ती गरेको छ भने उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पारेका हुन् ।करोडौको कमिसन बार्गेनिङ गरेको आरोप लागेका गोकुल बाँस्कोटा प्रकरणलाई संकेत गर्दै उनले यस्तो बताएका हुन् ।
उनले प्राकृतिक चिकित्सालको आवश्यकता र महत्वको बारेमा पनि सो क्रममा चर्चा गरेका थिए । साथै गल्ती गर्नेलाई छुट दिने पक्षमा आफुहरु नरहेको बताएका छन् ।