ओलीको ‘भिजन टु एक्सन’ सार्वजनिक

शनिबार, १० फाल्गुन २०७६

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीको ६९ औँ जन्मदिनका सन्दर्भमा उनको नयाँ पुस्तक सार्वजनिक भएको छ। शनिबार बालुवाटारमा ओलीको ६९ औं जन्मदिनको अवसरमा उनको ‘भिजन टु एक्सन’ नामक कृति सार्वजनिक भएको हो। ओलीको पुस्तक वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रकवि माधवप्रसाद घिमिरे संयुक्त रुपमा सार्वजनिक गरेका हुन्। ओलीले नेपालको विकास र अबको समृद्धिबारे पुस्तकमा लेखेका छन् ।

२४० पृष्ठको पुस्तकमा विकास र समृद्धिबारे उल्लेख गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले बताए । विशेषत पुस्तकमा प्रधानमन्त्री ओलीका सम्बोधन समेटिएका छन् । पुस्तकलाई सम्बोधनको संग्रहका रुपमासमेत बुझ्न सकिन्छ । ओलीले पुस्तकमा आफ्ना दृष्टिकोण समेटिएको बताएका छन् ।