प्रधानमन्त्री ओली विरुद्ध अख्तियारमा उजुरी
काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । पूर्वप्रशासक आनन्दराम पौडेल र भ्रष्टाचारविरोधी अभियन्ता प्रेमबहादुर शाही (प्रेम कैदी) ले आइतबार प्रधामन्त्री विरुद्ध उजुरी दर्ता गरेका हुन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसहित ४ जनाविरुद्ध अख्तियार मा उजुरी गरेका छन् । स्युक्युरिटी प्रिन्टिङ प्रेस खरिद, नेपाल टेलिकमको फोरजी विस्तार, भू–उपग्रह खरिद, कम्युटर ल्याव र अप्टिकल फाइबर विस्तारमा अनियमितता गरिको भन्दै अख्तियारमा उजुरी परेको हो।प्रधानमन्त्री ओलीका साथै निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटा, तत्कालीन सञ्चार तथा सूचना प्रविधि सचिव महेन्द्रमान गुरुङ र सुरक्षण मुद्रण विभागका महानिर्देशक विकल पौडेलविरुद्ध उजुरी दर्ता गराइएको हो ।चारैजनाविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०६९ को दफा ३, ६, ८, २०, २१ र २२ को कसुर गरेको आरोप लगाइएको हो । सेक्युरिटी प्रेस खरिद प्रकरणमा ७० करोड मोलमोलाइ गरेको अडियो रेकर्ड बाहिर आएपछि गोकुल बाँस्कोटाले सञ्चार मन्त्रीको पदबाट राजीनामा दिइसकेका छन् ।