बाँदर व्यवस्थापन गर्न ४० लाख बजेट विनियोजन

सोमबार, १२ फाल्गुन २०७६

हेटौंडा – बाँदर व्यवस्थापन गर्न वाग्मती प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

बाँदरबाट पीडा भोग्दै आएका सिन्धुपाल्चोक र काठमाडौं जिल्लाका चार गाउँका बासिन्दालाई बाँदर नियन्त्रण गर्न निर्देशनालयले उक्त रकम अनुदानको रुपमा उलपब्ध गराउने लागेको हो । लामो समयदेखि बाँदरबाट समस्या भोग्दै आएका सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–५ धुसेनीका बासिन्दालाई बाँदरको व्यवस्थापन गर्न निर्देशनालयले अनुदान रकम उपलब्ध गराउन लागको निर्देशनालयका अधिकृत एवं सूचना अधिकारी बब्लु ठाकुरले बताए ।

यस्तै, काठमाडौंस्थित गोकर्णेश्वर नगरपालिका–१ ओखरेनी मूलखर्कका बासिन्दा पनि बाँदरबाट पीडित छन् । बाँदर व्यवस्थापन गर्नका लागि प्रदेश सरकारसँग २० लाख रुपैयाँ मागेका थिए । तर उनीहरुले बाँदर व्यवस्थापन गर्न १० लाख रुपैयाँ अनुदान पाएका छन् । यस्तै, दक्षिणकाली–७ र शंकरापुर नगरपालिका–४ मा पनि १०/१० लाख रुपैयाँ विनियोजन गरिएको छ ।