प्रेरक प्रसंग : ब्रह्मको मुखबाट आगो निस्केपछि….
काठमाडौं–एकठाउँमा एकजना पण्डित कथा भनिरहेका थिए । कथा सुन्नेहरु पनि धेरै थिए । त्यहीँ कथा सुन्नेहरुमध्ये एकजना लालबहादुर पनि थिए । कथाको क्रममा पण्डितले भने– ‘मुखादग्निरजायत’ –अर्थात्– ब्रह्मको मुखबाट आगो उत्पन्न हुन्छ ।) तर लालबहादुरले यो शब्दको अर्थ, ब्राह्मणको मुखबाट आगो निस्कनछ भन्ने बुझे ।
अलि दिनपछि लालबहादुर अर्कै गाउँमा पुगे । एकदमै हुक्का तान्ने बानी भएका लालबहादुरले तमाखु र चिलम त बोके तर ब्राहमणको मुखबाट आगो निस्किहाल्छ, सलाइ लाइटर के काम भनेर बोकेनन् । उनले सोचे, जहाँ ब्राह्मण भेटिन्छन् त्यहीँ तमाखु सल्काउँला ।
जाँदा–जाँदै उनले बाटोमा एकजना मान्छे भेटे । लालबहादुरले उनलाई रोकेर सोधे– ‘तपाई को हो ?’
त्यो मान्छेले उतर दियो– ‘म ब्राह्मण हुँ ।’ लालबहादुरले सोचिहाले, अब त हुक्का तान्न पाइने भयो । अनि त्यहीँ बसे । त्यो ब्राह्मणले पनि सोध्यो–‘ तपाईचाहिँ को हुनुहुन्छ ?’ लालबहादुरले उतर दियो– ‘म शुद्र ।’ अलि–अलि गफ गरेर ती ब्राह्मण खाना खाएर सुते । लालबहादुरले पनि नुहाइ–धुवाइ गरेर खाना खाए । खाना खाएपछि लालबहादुरलाई हुक्का तान्ने मन भयो । चिलिममा तमाखु भरेपछि
त्यसमा आगो सल्काउने विचारले व्राह्मणको मुख अगाडि राखे । धेरैबेरसम्म पनि आगो नसल्केपपछि लालबहादुरले सोच्यो, पक्कै पनि मुख बाहिर राख्या भएर नसल्केको होला । उसले चिलमलाई मुखभित्रै राख्दिन खोज्यो । त्यसो गर्दा ब्राह्मण निदाबाट ब्युँझियो र रिसाएर लालबहादुुरलाई भन्यो– “के गरको यो ?’’ लालबहादुरले उतर दियो–“मलाई हुक्का तान्न मन लाग्यो अनि तपाई ब्राह्रमणको मुखबाट आगो लिन खोजेको ।’ त्यो ब्राह्मण पनि फेरि क्रषि परशुराम जस्तै परेछ । लठ्ठी उठाएर लालबहादुरको शिरमा बेस्सरी हान्दियो । लालबहादुरले चिच्याएर सोध्यो–“यो के गरेको ? ब्राह्मणले उत्तर दियो–‘अचार बनाउन बेल झारेको ।’ धन्य बुद्धि ।