विद्यालयमा आगलागी !
काठमाडौं–सप्तरीको सुरुङ्गा नगरपालिका–८ मा रहेको राष्ट्रिय अधारभूत विद्यालय महुलियामा सिलिण्डरको ग्यास चुहावट भएर आगलागी भएको छ ।
आगलागी हुँदा करिब २ लाख ५ हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । विद्यार्थीहरूका लागि खाजा बनाउने क्रममा बुधबार दिउँसो ग्यास लिक भएर आगलागी भएको हो ।
आगलागीका कारण विद्यालयको फर्निचर, खाद्यान्न सामाग्री, पुस्तक लगायत अन्य कागजातहरू जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा र विद्यार्थीको सहयोगमा निक्कै अबेर नियन्त्रणमा लिइएको थियो ।