समाचार खण्डन : आफ्ना कर्तुत लुकाउन एलआईसी नेपालले गुहार्यो प्रेस काउन्सिल, यसरी पठायो खण्डन

मंगलबार, १३ फाल्गुन २०७६

काठमाडौं – भारतीय बीमा कम्पनी लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआईसी नेपाल)ले मोटिभेट न्यज डटकममा सम्प्रेषण भएका समाचारहरु खण्डनको माग गरेको छ । मोटिभेट न्यूज डटकमले उसको कर्तुतहरुको पर्दाफाँस गर्दै एकपछि अर्को समाचार सम्प्रेषण गरेपछि अत्तालिएर एलआईसी नेपालले समाचारको खण्डन माग गरेको हो ।

गजवको कुरा त के छ भने मोटिभेट न्यूज डटकमले फागुन ६ गते प्रकाशन गरेको समाचारको खण्डन माग गर्दै एलआईसी नेपालले फागन ४ गते मोटिभेट न्यूज डटकमका सम्पादकलाई पत्र पठाएको छ । त्यही पत्र फागुन ५ गते प्रेस काउन्सिलमा समेत दर्ता भएको छ । आफ्ना सामान्य कर्तुतहरु लुकाउन एलआईसी नेपालले ठुलाठुला गल्तीहरु गर्दै गएको छ ।

मोटिभेट न्यूज डटकमले ६ गते समाचार सम्प्रेषण गरेको बारे २ दिन अघि कसरी थाहा हुन्छ ? कि एलआईसी नेपालका कर्मचारीहरु अन्तरयामी छन, पछिको कुरा पहिलानै थाहा पाउने ।

हामीले सम्प्रेषण गरेका समाचारबारे

मोटिभेट न्यूज डटकमले सबैभन्दा पहिला उसको नयाँ पोलिसीबारे समाचार सम्प्रेशण गरेको थियो । एलआइसीको ‘जीवन बचत बीमा योजना’मा ‘त्रुटि’ नै ‘त्रुटि’ शिर्षकको उक्त समाचारमा एलआईसी नेपालले गरिव नेपाली जनतालाई झन गरिव बनाउन उक्त बीमा पोलिसी ल्याएको आशय व्यक्त गरिएको थियो । यस विषयमा कम्पनीका सूचना अधिकारी विनोद भुजेललाई बारम्बार फोन गरि बुझ्न खोज्दा राम्रोसँग बोल्न मानेनन् । त्यसपछि लगातार फोन गर्दा, कार्यलयमा भेट्न जाँदा पनि भेट्न नलिएकाले उनीहरुको भनाई राख्न नसकिएको हो ।

त्यस्तै, हामीले लेखको दोश्रो समाचार हो एलआईसीको बोनस दरबारेको । ‘नेपालमा भ्रम छर्दै भारतीय बीमा कम्पनी, यस्तो छ नेपाली लुट्ने एलआइसीको नयाँ धन्दा’ शिर्षकमा सम्प्रेषण भएको समाचारमा २०७४/७५ सालको बोनसलाई २०७६/७७ सालको जसैगरी विज्ञापन गरिएको छ । २०७६/७७ सालमा बीमा गर्ने व्यक्तिले कति बोनस पाउने हुन केही टुङ्गो नलाग्दै मेरो बोनस दर यति भनेर विज्ञापन गर्न नहुने आशयको समाचार प्रकाशन गरिएको थियो । यो सामाचारले नेपाली समाजलाई सहित सूचना दिएर ठगिनबाट सचेत गराएको छ ।

अर्को कुरा उसको आधिकारीक बोनस दर ६६ प्रतिहजार प्रतिबर्ष हो । यो हरेक बर्ष परिवर्तन हुने गर्दछ । उसको गरेको विज्ञापनमा ८५ रुपैयाँ भन्दै जनतामा भ्रम छरेको छ । त्यो ८५ रुपैयाँ उसको आधिकारी भएपनि त्यो बोनसदर उपयोग गर्नका लागि प्रावधानहरु कडा छन । एलआईसी नेपालले पत्रपत्रिकामा गरेको विज्ञापनको आशय जनता फसाउनुनै भएको हाम्रो ठहर छ ।

यसपछि मोटिभेट न्यूज डटकम कम्पनीको आन्तरिक विषयहरुमा प्रवेश गयो । एलआईसी नेपालले नेपालको संविधान, कानुन र बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निदेशिका विपरित नेपालमा गैरकानुनी धन्दा गरिरहेको भेटियो । पहिलो विषय १४ करोड भन्दा बढि रुपैयाँ नेपालबाट भारत गएको मोटिभेटले प्राप्त गरेको प्रमाणले देखाउँछ । त्यो हामीले प्रमाणसहित सम्प्रेशण गरेका थियौं । त्यस्तै अर्को विषय थियो, एलआईसी नेपालमा भारतीय नागरिकको गैरकानुनी नेपाल बसाई ।

एक त नेपालको श्रम ऐन २०७४ ले नेपालमा उपलव्ध कर्मचारीहरुबाट काम चलाउनु भनेर कानुनी व्यवस्या गरेको छ । यदी नेपालमा योग्य कर्मचारी नपाइएको खण्डमा योग्य कर्मचारी नभेटिएको प्रमाणसहित दैनिक पत्रिकामा विज्ञापन गरि विदेशी नागरिकलाई कर्मचारीका रुपमा नियुक्त गर्न सक्ने श्रम ऐनले व्यवस्या गरेको छ । साथै नेपालमा काम गर्न आउने जोसुकै विदेशी नागरिकले पनि श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट अनिवार्य श्रम स्वीकृति लिन पर्ने कानुनी व्यवस्था छ ।

यी सकै कानुनहरुलाई धज्जी उडाउँदै एलआईसी नेपालले भारतीय कर्मचारीहरुलाई भर्ति गरेको छ । उनीहरु नेपालमा गैरकानुनी रुपमा काम गरिरहेको पाइएपछि मोटिभेट न्यूज डटकमले सूचनाको हकको प्रयोग गर्दै एलआईसी नेपालसँग सूचना माग गरेको थियो । उक्त सूचनाको अहिलेसम्म पनि जवाफ आइपुगेको छैन् । मोटिभेटलाई सूचना प्राप्त नएपछि हामीले नेपालका अन्य नियमनकारी निकायहरुबाट सूचना लिई समाचार सम्प्रेषण गरेका हौं । आधिकारीकता बुझ्न दोश्रो पटक सूचनाको माग गरिएको छ । त्यसको पनि जवाफ आएको छैन ।

हामीले उठाएको अर्को विषय हो करछली । कम्पनी स्थापना भएदेखि अहिलेसम्म एलआईसी नेपालले १४ करोड रुपैयाँको आयकर छली गरेको छ । ठुला करदाता कार्यलयले दिएको सूचना अनुसार कम्पनीले १४ करोड बढिको करछली गरेको भन्दै कर दाखिला गर्न निर्देशन दिएको छ । आर्थिक बर्ष २०७४/७५ मा कम्पनीले गरेको १७ औं साधारण सभाबाट पारित बार्षिक प्रतिवेदनमा पनि उक्त कुरा उल्लेख छ ।

प्रेस काउन्सिललाई जवाफ

एलआईसी नेपालले समाचार खण्ड प्रकाशन गराउनका लागि प्रेस काउन्सिलमा पनि उजुरी गरेको छ । प्रेस काउन्सिलले उत्तः कम्पनीको उजुरी उपर अनुसन्धान गर्दा समाचार एकपक्षिय भएको आरोप लगाएको छ । प्रेस काउन्सिलको उक्त कार्य पर्ति  हाम्रो गम्भिर आपक्ती छ । राम्रोसँग अनुसन्धान नगरि एकपक्षिय भयो भन्नुको आशय पूवाग्रही रुपमा एलआईसी नेपालको पक्षपोषण गरेको देखिन्छ ।

अव समाचार तीर जाउँ, समाचार सम्प्रेषण हुनभन्दा पहिलादेखि नै कम्पनीका सचिव तथा सुचना अधिकारी विनोद भुजेलसँग बारम्कार सम्पर्क गरिएको छ । एलआईसीले सार्वजनिक गरेको नयाँ पोलिसीको बारेमा बुझ्न खोज्दा उनले राम्रोसँग सूचना दिएनन् । टेलिफोनमा कुरा गर्दा पनि आफै फोन गर्छु भन्दै पन्छिए । उनी पन्छिए पनि मोटिभेट न्यूज डटकमले कम्पनीको कानुन विज्ञको खोजी गर्यो । कम्पनीको कानुन विज्ञ पनि भुजेलनै रहेको पाइयो । पछि फोन गर्छु भनेका उनले न मोटिभेटलाई फोन गरे न आफूले फोन उठाए । उनको फोन नउठेपछि कम्पनीको पुतलीसडकमा रहेको केन्द्रीय कार्यलय बारम्बार गएर मोटिभेटले सोधपुछ गरिएको छ ।

अर्को कुरा एलआईसी नेपालले हामीलाई समाचार डिलिट गरे एक करोड रुपैयाँ उपलव्ध गराउने सम्मका प्रलोभन मात्र देखाएको छैन, प्रहरीमा समेत उजुरी दिन गएको छ । कम्पनीका अभिकर्ताहरुले सबैले एक एक हजार उठाएर एक करोड पुर्याई उपलब्ध गराउन सक्ने भन्दै प्रलोभ देखाएका थिए भने कम्पनीकै अभिकर्ता साईवर क्राइम अन्तरगतको मुद्धा दर्ता गर्न महानगरिय अपराध महाशाखा, टेकुमा पुगेका थिए । समाचार सम्बन्धीका विषयहरु प्रहरीको क्षेत्राअधिकार भित्रको कुरा नभएकाले त्यहाँ कार्यरत प्रहरी निरिक्षकले प्रेस काउन्सिलमा उजुरी गर्न नमाने पछि कम्पनी प्रेस काउन्सिल गएको देखिन्छ। डिउटीमा कार्यरत प्रहरीले मोटिभेट न्यूजलाई टेलिफोन गरि उजुरी लिएर २/३ जनाको टोली टेकु आएको जानकारी गराएका थिए । यी सबै कुराहरुको प्रमाण मोटिभेट न्यूज डटकमसँग सुरक्षित छ । हामी आबश्यक परेको खण्डमा श्रोतलाई असर नपर्ने गरि उपलब्ध गराउन तयार छौं ।

त्यस्तै, कम्पनीले आफ्नो बारेको समाचार लेख्न लोगो प्रयोग गरेको भनेको छ । एलआईसी नेपालको समाचार लेख्दा के नेपाल लाइफ इन्सुरेन्स कम्पनीको लोगो प्रयोग गर्नु त ? उसका बदमासीहरुको प्रदाफाँस गर्दा लोगो वा फोटाको प्रयोग नगरेर के गर्नपथ्र्यो ? एलआईसीको लोगो प्रयोग गरेर हामीले बीमा कम्पनी खोलेको हो र ? यस्तो प्रश्नहरुको जवाफ एलआईसी नेपालसँगै होला ।

अर्कोकुरा एलआईसी नेपालले भारतीय बीमा कम्पनी भनेर बारम्बार लेखेको भनी आपक्ति जनाएको छ । नाम पनि भारतीय बीमा कम्पनीको ५५ प्रतिशत शेयर पनि भारतीय कम्पनीको, कम्पनीको अध्यक्ष पनि भारतीय, प्रमुख कार्यकारी अधिकृत पनि भारतीय भएको कम्पनीलाई के अमेरिकाको कम्पनी भन्ने त ? कि चाइनाको बीमा कम्पनी भनेर सम्बोधन गर्नुपर्ला ? जवाफ चाहन्छौं ।

हाम्रो भनाई

हामीले बारम्बार उठाएको मुद्धाहरुको उचित समयमा नै लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेडले संबोधन गर्नपर्छ । हामीले नेपालको संविधान, कानुन र व्यवस्था अनुसार स्थापना भएको कम्पनीले नेपालको कानुन अनुसार चल्नुपर्छ भनेका छौं । त्यो भनेको एलआईसी नेपालले १४ करोड भन्दा बढिको आयकर ठुला करदाता कार्यलयमा बुझाउन बाँकी छ । त्यो तुरुन्त बुझावस ।

माथिल्लो तहमा कर्मचारीलाई नियुक्त गर्दा नेपालको श्रम ऐन २०७४ लाई ख्याल गरियोस् । सकेसम्म नेपाली नागरिकलाई प्राथमिकता दिइयोस् । यदी बिदेशी कामदार राख्नै पर्ने अवस्था भए नेपालको श्रम ऐन अनुसार कर्मचारीको श्रम स्वीकृति लिएर बैधानिक रुपमा काममा लगावस ।

जनतामा सहि सूचना मात्र प्रवाह गर्ने गरि विज्ञापन गरोस भन्ने हाम्रो चाहाना छ । यदी यी विविध विषयहरुमा अटेरी गरेको खण्डमा जुनसकै मुल्य चुकाउन मोटिभेट न्यूज डटकम तयार रहनेछ । हामीले समाचार लेख्न थालेपछि प्रमाण सहित हाम्रो कार्यलयमा आउने एलआईसी पिडितहरुको संख्या ठुलो छ । कम्पनीका कर्तुतहरु पर्दाफाँस गर्न हामी जुनसुकै समयमा र जुनसुकै मुल्य चुकाउन पछि पर्दैनौं ।

हेर्नुहोस् उसले पठाएको खण्डन