साढे पन्ध्र लाख मूल्य बराबरको सुनसहित दुईजना पक्राउ

मंगलबार, १३ फाल्गुन २०७६

काठमाडौँ -सिरहामा साढे पन्द्रह लाख मुल्य बराबरको सुनको टुक्रा सहित दुईजना पक्राउ परेका छन्।गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लहान सिरहाबाट खटेको गस्ती टोलीले लहान नगरपालिका वडा नं १९ छर्रापट्टीका २४ वर्षीय मोहम्द मोतिउल रहमान र २१ वर्षीय मोहम्द मुर्तुजालाई सुनको ४ वटा चेप्टे टक्रा सहित पक्राउ गरेको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले जनाएका छन्।मंगलवार दुवैजनालाई लहान नगरपालिका वडा नं. १९ छर्रापट्टीबाट १५ लाख ५८ हजार ७९ रुपैया मुल्य बराबरको २ सय ३३ ग्राम सुन सहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।

त्यस्तै लागुऔषध सहित एकजना पक्राउ परेका छन्।धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिका वडा नं. ५ टडियाका ३४ वर्षीय तिर्थ बहादुर कार्कीलाई पक्राउ गरेको सिरहा प्रहरीले जनाएको छ।कार्कीलाई सिरहाको कर्जन्हा नगरपालिका वडा नं। ३ जनक चोकबाट मोटरसाइकल र शरीरमा लुकाई छिपाई ल्याएको डाइलेक्स डिसी १०० एम।एल। को ५ बोतल, नाईट्रोभेट ट्याब्लेट २२ पिस, स्पास्मो ट्याब्लेट १५ पीससहित नियन्त्रणमा लिएको सिरहा प्रहरीले जनाएको छ।