स्वादु हैन, साधु बन
काठमाडौँ -एकजना पण्डित निकै शुद्ध आचारविचार भएका र ईश्वरभत थिए । बिहान उठेर शौच, दन्तमञ्जन, स्नान, मन्त्रपाठ र पुजा सबै गर्थ । तर उनको मासु खाने बानी भने छ्टेको थिएन । कहिँलेकाहीँ मासु खाइहाल्थे । एकदिन उनलाई असाध्यै मासु खान मन लागेछ, तर कतै पाएनछन् । दिक्क मान्दै पण्ति नुहाउन जान भनेर बाहिर निस्केका थिए, उनको आँगनमा छिमेकीको बाखा आइपुग्यो । त्यो पाठोलाई उनले बन्चरोले मारिदिए । त्यसको छाल निकालेर, काटकुट गरेर श्रीमतीलाई भने–“ल त यो पकाउँदै गर, म नुहाएर आउँछु ।’
पण्डित नुहाएर पाठ गर्न थाले, भाँडामा काटेर राखेको पाठो थियो । पण्डित्नी मसला पिस्दै थिइन् । पण्डिनुनी पनि केही पढेलेखेकी ने थिइनु । दुवैजना आ–आपनो काममा व्यस्त थिए । त्यतिकैमा पण्डितले छिमेकी आउँदै गरको देखे र भन्न थाले–
“या देवी सर्वभुतेषु भतन्यतेभिधीयते । नमस्तस्यै नमस्तस्यै नमस्यै नमाोनमः।।’’
अनि यही सुरमा भन्न लागे, “झापनि झापनि जसको हामीले मायौ मुनि, त्या आयो यै आागनी, नमस्तस्यै नमोनमः ।’’यो सुनेर ती पण्डितनीले मासु त ढाकिदिइन् । तर पण्डित आचरणले अशुद्ध भैसकेका थिए । हिसाकर्म छोडेर अहिसक बन्न पुर्ण साधु बनौ ।