सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु
काठमाडौँ- कास्की, ताप्लेजुङ, बर्दिया र सिरहाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ ।कास्कीको पोखरा महानगरपालिका(१४) चाउथेस्थित सडकमा ग१ ख ९५९५ नम्बरको माईक्रो बसले ग.१४ प ५२४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवारस्याङजा अर्जुन चौपारी(५( आरुचौर घर भई हाल पोखरामहानगरपालिका(१४ चाउथे बस्ने ३३ वर्षीय ईश्वर बहादुर क्षेत्री र आरुचौर बस्ने ३८ वर्षीय मेघ बहादुर क्षेत्रीकोपश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । साथै सोही मोटरसाइकलले ग।१७ प १८८०नम्बरको स्कुटरलाई ठक्कर दिँदा घाइते भएका स्कुटर चालक पोखरा महानगरपालिका(९ पृथ्वी चोक बस्ने २१ वर्षीय शुशिलशर्माको सोही अस्पतालमा उपचार भइरहेको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी ताप्लेजुङको मैवाखोला गाउँपालिका(३ साँघु चारभाईस्थित सडकमा को।३ त ९३ नम्बरको ट्याक्टर सडकबाट १० मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा सह(चालक सोही गाउँपालिका(१ बस्ने १८ वर्षीय खगेन्द्र नेपालीको घटनास्थलमै मृत्युभएको छ । दुर्घटनामा घाइते भएका चालक मेरिङदेन गाउँपालिका(४ बस्ने २१ वर्षीय पासाङ तेन्जि शेर्पाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
उता बर्दियाको ठाकुरबाबा नगरपालिका(२ रानीपुरस्थित सडकमा से।१ च ९६० नम्बरको जिपले भे।८ प ९१७ नम्बरको मोटरसाइकललाई बुधबार राति ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका(८) बस्ने ३२ को निरक शाहीको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक ठाकुरबाबा नगरपालिका(८ मडेला बस्ने ३८ वर्षीय जीवन बडुवालको सोही अस्पतालमा उपचार भइरहेको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सिरहाको कर्जन्हा नगरपालिका(४) स्थित सडकमा पनि बिग्रिएर सडक किनारामा रोकीराखेको ना.३ ख ९०२४ नम्बरकोट्रकमा स।८ प ७७१२नम्बरको मोटरसाइकल बिहीबार बिहान ठक्कर खाँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार कल्याणपुर नगरपालिका(८ बस्ने ४० वर्षीय बिपया दासको फुलकुमारी महतो ममोरियल अस्पताल कर्जन्हामा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक कल्याणपुर नगरपालिका(८ बस्ने २७ वर्षीय सोनिया दासको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक र चालकलाईप्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्रीोहय समाचार कक्षले जनाइएको छ ।