ʿआमाʾ वर्षको हेर्नलायक नेपाली सिनेमा
काठमाडौँ- नेपाली सिनेमामाथि आरोप छ यिनमा नेपाली समाज र यथार्थ भेटिन्न।यो आरोप धेरैजसो सिनेमाको हकमा सही पनि हो। नेपाली सिनेमाका कथा यथार्थसँग भन्दा पनि स्वैरकल्पनासँग नजिक छन्। ती स्वैरकल्पना पनि सिनेमाका रुपमा पर्दामा उपस्थिति कमजोरै रहँदै आएको छ। यध्यपि बेलाबेलामा नेपाली सिनेमाले केही पृथक दिने गर्छ।
गत शुक्रबार रिलिज भएको दीपेन्द्र के खनाल निर्देशित आमाु एउटा त्यस्तै सिनेमा हो। चार वर्ष पहिला पशुपति प्रसादुमा भूईंमान्छेको कथा भनेर नेपाली दर्शकलाई एउटा उत्कृष्ट समय पस्किएका दीपेन्द्रले त्यही प्रयास आमाु मार्फत गरेका छन्।
सिनेमाले नेपाली समाजको वर्तमान अवस्था बोलेको छ।
सन् १९५७ मा मेहबुब खानको निर्देशनमा मदर इण्डियाु नामक सिनेमा रिलिज भएको थियो। मदर इण्डियाुले एउटी भारतीय महिलालाई विम्वुका रुपमा प्रस्तुत गर्दै कसरी उनी आफ्नो आत्मसम्मानमा सम्झौता रक्षा गर्दै सत्यको पक्षमा विशेषगरी नारी गरिमाको लागि सन्तान मोह त्यागेर न्यायको बाटो रोज्छिन् भन्ने देखाएको थियो। यसका अलावा कृषि प्रधान तात्कालिन भारतको समाज पनि सिनेमाले प्रस्तुत गरेको छ।
तर ठीक यसको विपरित दीपेन्द्रको आमाु सिनेमाले भने अप्रिय परिस्थितिसँग जुध्न विवश एउटी आमा(श्रीमतीको कथा सिनेमाले भन्छ। सिनेमाले भाइ, छोरा श्रीमान मुग्लान पसेपछि यता आमा, श्रीमती र दिदीबहिनीले भोग्नुपर्ने पीडा र गर्नुपर्ने संघर्ष देखाउँछ।
सिनेमाले लडेपछि टाउकोमा रगत जमेका एक पात्रलाई उपचारका लागि अस्पतालमा भर्ना भएपछि उनीहरूले भोग्ने पिडा र त्यसबाट उम्कन गर्ने संघर्ष पेस गर्छ।
यो सँगै नेपाली समाजको पितृसमाजको मनोविज्ञानले एउटा महिला कुन स्तरको अन्तरस्करणसम्म पोषिएकी हुन्छे भन्ने कुरा सिनेमामा मिथिला शर्माको चरित्रमा देख्न सकिन्छ। यता छोरी सुरक्षा पन्त (छोरी)ले उपचाररतः बाबुको ज्यान बचाउन आफ्नै परिवारसँग लडिरहेकी हुन्छिन् भने उता आमा ९मिथिला शर्मा०ले पटकपटक छोरा(अर्पण थापा) खोजिरहन्छिन्। यो परिस्थितिको गतिलो जवाफ सिनेमाको अन्तिममा मिल्छ। सिनेमाले अब बन्ने नयाँ आमाहरू कसरी बलियो हुँदैछन् भन्ने देखाएको छ।
रेमिट्यान्सले देशमा धेरै घरका रंग उज्याला र जग बलिया भएका छन्। तर यसले पारिवारिक(सामाजिक खुशीको रंग पनि उसैगरी खुइल्याएको छ।
सिनेमाले टेक्स्टुमा जति कुरा भन्छ त्यो भन्दा बढी यसको सब(टेक्स्टुमा सिनेमाले धेरै कुरा भन्छ, अनुभुत गराउँछ। यसको महशुस आफ्ना परिवारका सदस्य बाहिर जान बाध्य दर्शकहरूले मनदेखि नै बुझ्छन्। यो नै सिनेमाको सबल पक्ष हो।
सिनेमाले नेपाली समाजको एउटा सामान्य मध्यम वर्गले भोग्ने पीडालाई सजिव रूपमा पर्दामा प्रस्तुत गरेको छ। सिनेमाले नेपालमा सब हुनु तर विरामी नहुनु भन्ने देखाएको छ। अस्पतालका लागि कसरी एउटा मान्छे जीवन नभई एउटा कमाउने अवसर हुन्छ भन्ने कुरा मन कटक्क खान्छे भने अर्को तर्फ डा। केसीको लडाईं सम्झाइदिन्छ। योसँगै सिनेमाले बदलिदैं गएको नेपाली समाजमा छोरी, आमा, श्रीमतीका भूमिकाहरू पुरुषहरूको अनुपस्थितिमा परिवर्तन हुँदैछ र विपरित परिस्थितिमा लड्न उनीहरू कसरी तयार हुँदैछन् र हुनुपर्छ भन्ने सिनेमाले देखाएको छ।
कुनै पनि कुरा एकोहोरो भइरहँदा त्यो मानिसका लागि झिजों लाग्दो हुन्छ। निर्देशक खनालले वर्षातको समयमा पात्रको भोगाइलाई प्रस्तुत गर्दै दर्शकलाई आफ्नो कथामा एकोहोरो बनाएका छन्। यो उनको निर्देशकिय खुबी हो। उनको यो खुबीले सिनेमालाई अब्बल बनाएको छ।
यसको मतलब सिनेमा कमजोरीमुक्त छ भन्ने होइन्। कमजोरीका बाबजुत निर्देशकले पर्दामा प्रस्तुत गरेको कथाको संवेदनाले दर्शकलाई बाँधिराख्छ। यो उपक्रममा पहिलो हाफमा भन्दा दोश्रो हाफमा ज्यादा छ। सिनेमा सबैभन्दा बलियो नै यो भागमा छ। निर्देशकले संवेदना दर्शकको मन जम्मा गराउने ध्याउन्नमा कथालाई पहिलो हाफमा केही समय रोकेका छन्। यहाँ प्रशस्तै कैची चलाउने ठाँऊ छन्। उनले पटकथालाई थप कसिलो बनाउन सक्थे। त्यसमा उनी चुकेका सिन्नमा सबैभन्दा तारिफयोग्य कलाकारहरुको अभिनयले हो। मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, अशान्त शर्मा, अर्पण थापा आदिले आफ्नो पात्रलाई जीवन्त बनाएको छ।विशेषगरी सिनेमाभरी सुरक्षा पन्तको अभिनय एकनासको छ, उत्कृष्ट छ। यस्तै पर्दामा नदेखिए पनि संवादमा मात्र सुनिने अर्पण थापाको आवाजको उपस्थितिले उनको भौतिक अनुपस्थितिलाई कम हुन दिएको छैन।यसैगरी लक्ष्मी भूषाल र मनिष निरौलाले पनि राम्रो काम गरेका छन् यस्तै सरिता गिरीले पनि असरदार अभिनय गरेकी छन् भने अशान्त शर्मा आफ्नो भूमिकामा स्वभाविक छन्।सिनेमाको अर्को उल्लेखनिय पक्ष यसको पार्श्वध्वनि हो। यो कथाको लय अनुसार प्रयोग भएको छ। ४ ३ फर्म्याटको छायाँकनले पात्रहरूको मनोदशालाई राम्ररी कैद गरेको छ। सट कम्पोजिसनले पनि सिनेमालाई थप बलियो बनाएको छ।संवादहरू कहिंकतै पात्रभन्दा बोझिला भाषामा भन्न लगाइएको छ। त्यसलाई साधारण भाषामा पनि उत्तिकै गहन बनाउन सकिन्थ्यो। यध्यपि सिनेमा हेरिरहँदा त्यसले खासै असर पारेको छैन।
आमा आफूले भन्न खोजेको कथामा लगभग खरो उत्रेको सिनेमा हो। सिनेमा हेरिरहँदा दर्शकले आफूलाई सिनेमा कहिलो आफ्नो प्रत्यक्ष अनुभवका रुपमा भेट्छन् भने कहिले अप्रत्यक्ष रूपमा । सिनेमा यसै कुराले दर्शकलाई आफूतीर तान्न सफल भएको छ।
संमग्रमा भन्नुपर्दा यस वर्ष बनेको एउटा उच्च कोटीको सिनेमा जसले सबै वर्गका दर्शकलाई आफूतीर आकृष्ट गर्छ। ुआमाु यो वर्षको एउटा छुटाउन नहुने नेपाली सिनेमा हो।