गुल्मीमा बेवारिसे शवको अझै पहिचान हुन सकेन

बिहिबार, १५ फाल्गुन २०७६

काठमाडौँ- गुल्मीमा एक बेवारिसे शवको पहिचान हुन सकेको छैन । तम्घास रेसुङ्गा नगरपालिका(८ स्थित बालमन्दिरमा बिरामी अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा गुल्मी अस्पतालमा मृत्यु भएको थियो ।बेवारिसे अवस्थामा भेटिएका ती पुरुषको मृत्यु भएको तर पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक चुरामणि पुनले बताए ।

उनलाई बिरामी अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए । उनको मृत्यु भएपछि शवको मुचुल्का गरी पोष्टमार्टम र पहिचाहनको लागि गुल्मी अस्पतालमै राखिएको छ ।शव पहिचाहन नभएपछि सबै ठाउँमा खबर गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।मधेसी समुदायका जस्तै देखिने पुरुष हल्का कालो बर्णको, ५ फिट ४ इन्च उचाइ, मझौला शरीर, दाह्री कपाल पालेको र कालो ज्याकेट र पाइन्ट लगाएको प्रहरीले बताएको छ ।