धारिलो हतियार प्रयोग गरि दम्पतीको हत्या

बिहिबार, १५ फाल्गुन २०७६

काठमाडौँ -कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ११, कलुवापुरमा धारिलो हतियार प्रयोग गरी एक दम्पतीको हत्या भएको छ । कलुवापुरको कटान टोलमा ५२ वर्षीय जयलाल भण्डारी र उनकी पत्नी धनादेवीको धारिलो हतियार प्रयोग गरेर हत्या भएको हो ।जयलालको शव कोठामा र धनादेवीको शव भान्सामा फेला परेको स्थानीयले बताएका छन् ।

स्थानीयले भण्डारीको घाँटी र धनादेवीको टाउकोमा घाउ देखिएको बताएका छन् । यद्यपि, कञ्चनपुर प्रहरीले घटनाबारे विस्तृत जनाएको छैन । कञ्चनपुरका प्रहरी उपरीक्षक मुकुन्द मरासिनीले भण्डारी दम्पतीको हत्या भएको पुष्टि गरे पनि थप खुलाएनन् । “हामी घटनास्थलमै छौं । अहिले नै घटनाबारे बताउन मिल्दैन,” उनले बाह्रखरीसँग भने ।