अध्यागमनले विद्यार्थीहरु फर्काएपछि तात्यो फेकन, सरकारसँग माग्यो क्षतिपुर्ति

बिहिबार, १५ फाल्गुन २०७६

काठमाडौं – अध्ययनका लागि साइप्रस जान लागेका नेपाली विद्यार्थीलाई अध्यागमन विभागको टोलीले रोकेपछि शैक्षिक परामर्श क्षेत्रमा आवद्ध संघ संस्थाहरु तालेका छन । कसैले विज्ञप्ति निकालेर विरोध गरिरहेका छन भने कसैले सम्बन्धीत पक्षलाई भेटेरै आफ्ना मागहरु राखिरहेका छन ।

स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन)ले सम्बन्धीत निकायहरुलाई ज्ञापनपत्र बुझाएर सरकारसँग क्षतिपुर्ति माग गरेको छ । अध्ययनका लागि साइप्रस जान लागेका ५८ जना विद्यार्थीहरुलाई अध्यागमनका कर्मचारीहरुले नो अव्जेक्सन लेटर नक्कली भएको भन्दै एयरपोर्टबाट फिर्ता पठाएपछि फेकनले सरकारसँग विद्यार्थीको टिकट बापतको पैसा फिर्ता माग गरेको हो । फेकनले सरकारी संयन्त्रको समन्वय हुन नकस्दा विद्यार्थीहरुले दुख पाएको भन्दै सरकारले क्षतिपुर्ति दिन पर्ने माग अगाडी सारेको हो ।

विहिबार फेकनकी कार्यबहाक अध्यक्ष गीता रिजालको टोलीले अध्यागमनदेखि शिक्षा मन्त्रालयलाई ज्ञापनपत्र बुझाउँदै सरकारले आफ्नो कमजोरीहरु सुधार्नुपर्ने सुझाव दिएको छ । फेकनले अध्यागमन विभागमा निर्देशक लिलाधर अधिकारी मार्फत महानिर्देशक इश्वर राज पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव रामशरण सापकोटा, शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखाका प्रमुख फटिक बहादुर केसी र बैदेशिक अध्ययन अनुमति शाखाका प्रमुख गीरमान थापालाई ज्ञापन पत्र बुझाउँदै अध्ययनका लागि विदेश जाने विद्यार्थीहरुलाई सहज बनाउन आग्रह गरिएको छ ।

फेकनको ठुलो टोली अस्ट्रेलियामा रहेका बेलामा गीता रिजालले कार्यबहाक अध्यक्षको हैसियतले विभिन्न निकायलाई झक्झक्याउने काम गरिरहेकी छिन । उनले मन्त्रालय र अध्यागमन विभागलाई समस्या समाधानका लागि सल्लाह समेत दिएकी छिन ।

यस्ता खालका समस्याहरुको अन्त्यका लागि बैदेशिक अध्ययन अनुमति शाखा र अध्यागमनबीच समन्वयको जरुरी रहेको र त्यसका लागि अनलाईन मार्फत नो अव्जेक्सन लेटर जारी गरि नो अव्जेक्सन लेटरमा QR कोड स्क्यान गर्न मिल्ने गरि एयरपोर्टमा व्यवस्था मिलान फेकनले शुझाव दिएको छ ।

त्यस्तै, उक्त घटनाको सत्य तथ्य छानविन गरि नक्कली नो अव्जेक्सन लेटर बनाउने शैक्षिक कन्सल्टेन्सीहरुलाई हदैसम्मको कारवाही गर्न काम गरेको स्वतन्त्र शैक्षिक परामर्श संघ फेकनकी कार्यबहाक अध्यक्ष गीता रिजालले बताइन । शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखालाई तथ्यका आधारमा गल्ती गर्ने फेकनकै सदस्य भएपनि कन्सल्टेन्सीको दर्ता खारेज गर्न माग गरिएको रिजालको भनाई छ ।