गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका भट्टको मृत्यु
काठमाडौँ- कीर्तिपुरमा गुडिरहेको माइक्रो बसबाट खसेर घाइते भएका आशिष भट्टको उपचारका क्रममा ज्यान गएको छ ।गएको सोमबार कीर्तिपुरको तीनकुनेमा गुडिरहेको माइक्रो बसबाट खसेका कैलालीको घोडाघोडी नगरपालिका ४ का भट्टको उपचारका क्रममा वयोधा अस्पतालमा ज्यान गएको प्रहरीले जनाएको छ ।
कीर्तिपुरबाट रत्नपार्क चल्ने बा २ ख १८४० नम्बरको माइक्रो बसमा यात्रु धेरै रहेको र सहचालकले ढोका नलगाएका कारण भट्ट माइक्रोबाट खस्नुभएको उहाँका काका टेकराजले जानकारी दिनुभयो ।आशिष कुलेश्वरमा रहेको आफू कार्यरत कार्यालय जाने क्रममा दुर्घटनामा परेको उहाँले बताउनुभयो ।