सिद्धबाबामा ढुंगा खस्दा कांग्रेस वडासभापतिको मृत्यु
काठमाडौँ-सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल पाल्पा सडकखण्डको सिद्धबाबामा ढुंगा खस्दा एकको मृत्यु भएको ।ढुंगाले लागेर गुल्मी रेसुंगा नगरपालिका ८ का ४८ वर्षीय बावुकाजी श्रेष्ठको मृत्यु भएको हो।बिहीबार बुटवलदेखि गुल्मी आउँदै गर्दा लु १६ प ४६८६ नम्बरको मोटरसाइकलमा सवार श्रेष्ठ सिद्धबाबामा खसेको ढुंगाले लागेर घाइते भएका थिए ।
\पचारका लागि उनलाई भरतपुर लगिएको थियो । ढुंगाले लागेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा शुक्रबार मृत्यु भएको परिवारले जनाएको छ । श्रेष्ठ रेसुंगा नगरपालिका ८ का नेपाली कांग्रेसका वडासभापति समेत थिए।यस सडकखण्डको सिद्धबाबामा पहिरो र ढुंगा खसेर थुप्रैको ज्यान गइसकेको छ । सिद्धबाबा सडकखण्ड भएर ओहोरदोहोर गर्ने यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन्।