द लिडर’ को अडिसन कहिले र कुन कुन शहरमा हुँदैछ ? जान्नुहोस्

शुक्रबार, १६ फाल्गुन २०७६

काठमाडौँ -रवि लामिछानेको ‘द लिडर शो’को पहिलो अडिसन चितवनमा हुने भएको छ । । ‘एसआरबीएन’ मिडियाले सञ्चालन गर्ने ‘द लिडर’ को पहिलो अडिसन आउँदो चैत पहिलो साता चितवनको भरतपुर माविमा हुने बताइएको छ ।द लिडरको निर्याणक मण्डलमा पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराई, पूर्वप्रधानन्यायाधिश सुशीला कार्की, कांग्रेस नेता प्रदिप गिरी, नेकपाका नेता प्रदिप नेपाल तथा साझा पार्टीका संयोजक रवीन्द्र मिश्र रहने छन् ।

रवि लामिछाने प्रस्तोता रहने छन् ।सातै प्रदेश तथा विदेशका विभिन्न स्थानमा अडिसन गरी १ सय प्रतिस्पर्धीलाई काठमाडौं लागि फाइनलमा प्रवेश गराइने छ ।न्यूज २४ टेलिभिजन, रमाइलो टीभी एचडी र गुन्द्रुक एपमा प्रसारण हुने छ । द लिडरको विजेताले अपार्टमेन्ट, गाडी र २० लाख रुपैयाँ पुरस्कार पाउनेछन् ।