सरकारको माग एक वर्ष पढाउने १५ सय शिक्षक, लाइसेन्स नचाहिने

शुक्रबार, १६ फाल्गुन २०७६

काठमाडौँ -काम खोजिराख्नु भएको छ भने एउटा खुसीको खबर छ। सरकारले विद्यालयमा पढाउन एक हजार पाँच सय जना शिक्षक खोजेको छ।शिक्षा मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शैक्षिक सत्र २०७७ वैशाखदेखि चैतसम्मका लागि स्वंयसेवक शिक्षकका लागि शुक्रबार आवेदन खोलेको हो।स्नातक र स्नातकोत्तर तह पास गरेका १८ वर्ष पूरा भई ४० वर्ष ननाघेका नेपाली नागरिकले जततउस्ररमयभ।नयख।लउ मा जागिरका लागि निवेदन दिन सक्छन्।अंग्रेजी, गणित र विज्ञान मूल विषय पढेकाहरू शिक्षक हुन पाउँछन्। यस्तो शिक्षक हुन शिक्षण अनुमति पत्र (लाइसेन्स) पनि चाहिँदैन।

आउँदो शैक्षिक सत्र वैशाखदेखि नै विद्यालयमा स्वंयसेवक शिक्षक पठाउने गरी केन्द्रले तयारी सुरू गरेको हो।आजदेखि आवेदन खुलाइएको छ,’ केन्द्रका प्रवक्ता तुलसीप्रसाद खतिवडाले सेतोपाटीसँग भने, ‘कूल एक हजार पाँच सय जना स्वंयसेवक शिक्षक राख्छौं।’विद्यार्थी संख्या धेरै भएका तर आवश्यकताअनुसार शिक्षक नभएका विद्यालयमा स्वंयसेवक शिक्षक राख्न लागिएको हो।केन्द्रले शिक्षक छानेको विवरण सम्बन्धित स्थानीय तह र विद्यालयमा पठाएपछि उक्त शिक्षकलाई विद्यालयले नियुक्ति दिनेछन्।देशका सात सय ५३ स्थानीय तहमध्ये छ सय ६८ तहमा शिक्षक अभाव छ।

‘मूल विषय अंग्रेजी, गणित, विज्ञान पढेकाले जागिर पाउँछन्। शिक्षक अभाव कम गर्न टेवा पुग्छ,’ खतिवडाले भने। ‘चिनौं आफ्नो माटो, बनाऔं आफ्नै देश’ भन्ने बजेटमा समेटिएको कार्यक्रमबाट स्वंयसेवक शिक्षक राख्न लागिएको हो।‘विश्वविद्यालयबाट पढेर निस्केका युवालाई समाज, संस्कृति र देश विकास बुझ्ने अवसर पनि हो यो,’ खतिवडाले भने, ‘शिक्षण अनुभव पाउनु भनेको व्यक्तित्व विकासका लागि महत्वपूर्ण मानिन्छ।’स्वंयसेवक शिक्षक राख्न शिक्षा मन्त्रालयले गत माघ २९ गते मन्त्रीस्तरीय निर्णयबाट कार्यविधि पनि तयार गरिसकेको छ।सुगम क्षेत्रको विद्यालयमा पढाउने स्नातक मात्रै पास गरेको शिक्षकलाई मासिक तलब २४ हजार छ भने भौगोलिक क्षेत्रअनुसार दुर्गम क्षेत्रमा काम गर्नेको तलब ३० हजार छ।स्नातकोत्तर पढेकाको तलब केही धेरै छ।उनीहरूको तलब सुगम क्षेत्रमा २६ हजार र दुर्गम क्षेत्रमा ३२ हजार हुने स्वंयसेवक परिचालन कार्यविधि २०७६ मा उल्लेख छ। शिक्षकहरूले प्राविधिक धारका शिक्षा विस्तार गरेका विद्यालयमा पनि पढाउन पाउनेछन्।चैतभित्र केन्द्रबाट स्थानीय तहमा शिक्षकको विवरण पुग्नेछ। विद्यालयबाट नियुक्ति लिएको सात दिनभित्र पढाउन हाजिर नभए नियुक्ति स्वत बदर हुन्छ। ‘यस्ता शिक्षकको एक विद्यालयबाट अर्कोमा सरूवा हुँदैन। जागिर छाड्नु परे दुई महिना अगाडि नै जानकारी दिनुपर्नेछ,’ उनले भने।स्वंयसेवक शिक्षकले सातामा २४ पिरियड पढाउनुपर्छ।यस्ता शिक्षकले महिनामा एक दिन भई परिआउनेरपर्व बिदा लिन पाउँछन्। तर बिनासूचना १५ दिनसम्म अनुपस्थित रहे प्रधानाध्यापकले स्वंयसेवकलाई जागिरबाट हटाउन सक्नेछन्।वैशाखभित्र सम्बन्धित स्थानीय तहलाई केन्द्रबाट शिक्षक संख्याअनुसार बजेट पठाइसकिने खतिवडाले बताए।चैत १५ भित्र कोटा तोकेर स्वंयसेवक शिक्षक संख्या निर्धारण गरिन्छ। वैशाखभित्र स्थानीय तहमा बजेट पठाउँछौं,’ उनले भने, ‘जेठ मसान्तभित्र स्थानीय तहले विद्यालयको खातामा एकमुष्ट रकम पठाउनुपर्छ।’