पुरानो बसपार्कको भ्यु टावर निर्माणस्थलमा आगोलागी

शुक्रबार, १६ फाल्गुन २०७६

काठमाडौँ -काठमाडौँको राष्ट्रियसभा गृह पछाडि भ्यु टावर निर्माणस्थल निजकैको एक रेस्टुरेण्टमा आगोलागी भएको छ ।शुक्रबार दिउसो ३ बजेतिर आगोलागी भएको थियो । घटनास्थलमा अहिले उद्धारका लागि प्रहरी पुगेको छ ।

साथै दमकल आगो निभाउन खटाइएको छ ।तर घटनाबाट कति क्षति भयो भन्नेबारे यकिन भइसकेको छैन । आगोलागी कसरी भयो भन्ने बारे पनि पूर्ण विवरण आइसकेको छैन । आगोलागीबाट निस्किएको धुवाँको मुस्लोको भिडिओ सामाजिक सञ्जालमा शेयर हुन थालेको छ ।