‘ए मेरो हजूर – ४’को छायांकन सुरु
काठमाडौँ- नायक अनमोल केसी र नायिका सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘ए मेरो हजुर ४’ को छायांकन सुरु भएको छ। शुक्रबार काठमाडौँको कार्यविनायक मन्दिरमा पूजा गरी चलचित्रको छायांकन सुरु गरिएको हो।शुभ साइतमा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा र निर्देशक झरना थापासहित चलचित्र निर्माण टोली उपस्थित थिए।
काठमाडौँमा केही दृश्य छायांकन सकेर यो टोली पोखरा जानेछ। पोखरामा १० र काठमाडौँ, ललितपुरमा चलचित्रको ३० दिन छायांकन गरिनेछ। यस्तै अमेरिका, यूरोप र ओमानमा चलचित्रको गीत छायांकन हुनेछ।सुनिल कुमार थापा प्रोडक्सन र सुहाना इन्टरटेनमेन्टको व्यानरमा निर्माण हुन लागेको चलचित्र आगामी फूलपातीमा प्रदर्शन हुनेछ। अनमोल र सुहानाको जोडी दोस्रो पल्ट जोडिएको हो। यसअघि ‘ए मेरो हजुर–३’मा पनि अनमोल र सुहानाको जोडी थियो।