छोरीले गरिन् आमाको दाहसंस्कार

शुक्रबार, १६ फाल्गुन २०७६

काठमाडौँ -हिन्दु समाजमा नारीले लास छुन र मलामी समेत जान नमिल्ने परम्परा रहिआएको बेला कञ्चनपुरको बेदकोट नगरपालिका वडा नं.४ बैतडा टोलकी बिस्ना देवी लुहारले मृत आमाको दिवंगत शरिरमा दागबत्ती दिएकी हुन् ।

शुक्रबार बिहान ६८ वर्षकी धर्मादेवी लुहारको निधन भएको थियो । मृतक लुहारको एक्लै सन्तानको रूपमा छोरी मात्रै रहेकाले दागबत्ती दिएको जनाएको छ । नारीले लास छुन र मलामी समेत जान नमिल्ने परम्परा तोडदै उनले आफ्नी आमाको विधि पूर्वक सबै कर्मकाण्ड गरेर दाहसंस्कार गरेकी हुन् ।