एक सचिवका लागि ३ जना सचिवमा सिफारिस
काठमाडौं – सचिव बढुवा सिफारिस समितिको बैठकले रिक्त एक सचिवका लागि तीन जना वरिष्ठ सहसचिवको सिफारिस गरेको छ ।
लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको अध्यक्षतामा बिहीबार बसेको सिफारिस समितिको बैठकले वरिष्ठ सहसचिव एकनारायण अर्याल, रामशरण पुडासैनी र अर्जुनप्रसाद पोख्रेललाई सचिवका लागि सिफारिस गरेको हो ।
आगामी मन्त्रिपरिषद् बैठकले बढुवा सिफारिसमा १ नम्बरमा रहेका अर्याललाई सचिवमा बढुवा गर्नेछ । कुशल प्रशासकका रूपमा परिचित अर्याल हाल कोलकातास्थित नेपाली महावाणिज्यदूतका रूपमा कार्यरत छन् ।