प्रेरक प्रसंग : मिलीजुली

आइतबार, १८ फाल्गुन २०७६

काठमाडौं – एकजान मान्छेका चारजना छोराहरु थिए । तिनको मृत्मुको समय नजिकै आएछ । उनले मर्ने बेलामा सबै छोराहरुलाई बोलाए र एकएकवटा डोरी दिए र भने– “ल यसलाई छिनाल ।” तर कसैले पनि डोरी छिनाउन सकेनन् । बूढाले फेरि भने–“तिमीहरु चरैजना मिलेर डोरी छिनाऊ त !” उनीहरु चारैजना मिलेर ताने, तरपनि डोरी चुँडिएन । फेरि बूढाले भने – “तिमीहरु इसका धागा–धागा छुटयाऊ एकएकवटा धागो  चुडाँऊ ।”

उनीहरुले एकैछिनमा त्यो डोरी उधिनेर टुत्राटुक्रा पारे । ती बूढाले भने–“हेर, एउटा मात्र खरले बर्षाको पानीमा बचाउन सक्दैन तर, धेरै खर जम्मा गरेर छान छायो भने, जस्तोसुकै ठुलो झरीबाट पनि बचाउन सक्छ । यसरीनै तिमीहरु पनि मिलेर बस्यौ भने, कसैले केही बिगार गर्न सक्दैन तर तिमीहरु अलग भयौ भने, यही डोरी चँुडिएजस्तो टुक्राटुक्रा हुनेछौ ।